- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु र रमेश लेखक जस्ता पुराना नेतालाई फसाउन सरकारले सम्पत्ति छानबिन आयोग बनाएको आरोप लगाएका हुन् ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु र रमेश लेखक जस्ता पुराना नेतालाई फसाउन सरकारले सम्पत्ति छानबिन आयोग बनाएको आरोप लगाएका हुन् ।
एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले सरकारले बनाएको सम्पत्ति छानबिन आयोगलाई तत्कालीन राजा ज्ञानेन्द्रले बनाएको आयोग जस्तो भएको टिप्पणी गर्दै केपी ओली र रमेश लेखकलाई वा पुराना पार्टीका मान्छेलाई फसाउन बनाइएको आरोप लगाएका हुन् ।
उनले भने- 'सरकारले बनाएको सम्पत्ति छानबिन आयोग तत्कालीन राजा ज्ञानेन्द्रले बनाएको आयोग जस्तो हो । सरकारका संवैधानिक आयोगहरू छँदैछन् ।
आयोगले नयाँ दल, सेनालाई छानबिन नगर्ने ? केपी ओली र रमेश लेखकलाई वा पुराना पार्टीका मान्छेलाई फसाउन बनाइएको हो ।
यस्तो आयोगलाई म मान्यता दिन्नँ ।
म सम्पत्ति विवरण लेखेर पठाउँदिनँ । आगो लगाएर खरानी बनाएको घरबाट मैले खरानी भर्ने ?’
सरकारले ०६२ देखि हालसम्मका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न एक बर्षको समय दिएर वैशाख पहिलो साता सर्वोच्चका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वतमा सम्पत्ति जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगका सदस्यहरूमा पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली र उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) गणेश केसी र नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्वअध्यक्ष प्रकाश लम्साल छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’